सुडान घोटला काण्डका चारजना जेल चलान

असार ७, काठमाडाँै। सुडान घोटाला काण्डमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।
सर्वोच्च अदालतमा आज आत्मसमर्पण गरेका उनीहरुलाई काठमाडौंको डिल्लीबजार कारागार चलान गरिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । पूर्व आईजीपीद्धय ओमविक्रम राणा र हेमवहादुर गुरुङ, पूर्व एआईजी दिपकसिंह थाङ्देन तथा पूर्वडीआईजी दिपक श्रेष्ठलाई कारगार चलान गरिएको हो ।
सर्बोच्च अदालतले सुडानको डार्फरमा पठाइने प्रहरी बन्दोबस्ती सामान खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै नेपाल प्रहरीका तीन पूर्व आईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो । सर्वोच्चले पूर्व आईजीपी राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना र  हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो ।
यस्तै, पुर्व एआईजी थाङ्देनलाई ५० हजार जरिवाना एक वर्ष कैद र  पुर्व डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकेको थियो । सर्वोच्चले दोषी ठहर गरेका पुर्व आईजीपी रमेशचन्द्र ठकुरी लगायत भने फरार रहेका छन् ।