सत्तापक्षको आचारसंहिता विपरितका गतिबिधि आयोगले हेरेर बस्योः एमाले

असार ६, काठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेले सत्तारुढ दलहरुबाट हिंसात्मक र निर्वाचन आचारसंहिता विपरित गतिबिधि गरेको आरोप लगाएको छ । साथै सत्तापक्षबाट यस्ता गतिबिधि हुदा पनि निर्वाचन आयोग मौन बसेको आरोप एमालेको आरोप छ। महासचिव ईश्वर पोखरेलद्धारा आज जारी गरिएको विज्ञप्तीमा कांग्रेसले बाजुरामा आफ्ना कार्यकर्ताको हत्या गरेको, बाँकेमा माओवादीबाट आक्रमण भएको र दार्चुलामा सत्तापक्षबाट एमालेमाथि हिंसात्मक घटना भएका दाबी गरिएको छ ।
एमालेले सत्तापक्षबाट कुनैपनि हिंसात्मक तथा आचारसंहिता बिपरित गतिबिधि गर्न नदिन आयोगको ध्यानाकर्षण गराएको छ । बाजुरामा उम्मेदवारी दर्ताका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो।
यस्तै बाँकेमा माओबादी केन्द्रको चुनावी सभामा सहभागी गराउन र मतदातालाई प्रलोभनमा पार्न राज्यको स्रोत साधनको दुरुपयोग गरिएको एमालेको आरोप छ ।