लाइसेन्स सम्बन्धि काम असार २१ गतेसम्म बन्द

 

असार ५ ,ललितपुर – यातायात व्यवस्था कार्यालय वागमतिमा सवारी चालक अनुमति दिने सम्बन्धिका सबै काम बन्द भएका छन्। दोस्रो चरणको निर्वाचनमा कर्मचारी तथा ट्राफिक प्रहरी खटिनुपर्ने भएकोले नयाँ आवेदन दर्ता, लिखित परीक्षा, रिट्रायल असार २१ गतेसम्मको लागि बन्द गरिएको यातायात व्यवस्था कार्यालय वागमतिले जानकारी दिएको छ।

असार २२ गतेबाट सबै काम सुचारु हुने कार्यालयले प्रष्ट पारेको छ। यसअघि फर्म भरीसकेका, परीक्ष दिइसकेकाहरुले पनि २२ गतेपछिमात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।