उपभोक्त चुसेर मोटाउँदै निगम

असार ४, काठमाडौं – सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यपाक शोषण गरेर बोनस खानका लागि नाफा कमाएको बताउँछन्।