सौर्य उर्जा विकासमा सरकारको प्राथमिकता

असार २, काठमाडौँ। सरकारले सौर्य उर्जाको विकासको कामलाई प्राथमिकताका साथ तिव्र रुपमा अघि बढाएको छ । जलविद्युत् आयोजनालाई सहयोग पु¥याउने लक्ष्यका साथ सौर्य ऊर्जा प्रणालीको विकास र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउन लागिएको हो । यसका लागि केहि कम्पनीहरुलाई सर्वेक्षणको जिम्मा दिइएको छ भने सौर्य प्रणाली जडान गर्ने तयारी गरेका केहि प्रवद्र्धकसँग खरिद प्रक्रिया अघि बढेको छ ।
सरकारले भर्खरै १ सय ८० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यसहित ३० वटा प्रवद्र्धक कम्पनीलाई सर्वेक्षणका लागि अनुमति दिएको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले केही दिनभित्रैमा कुल ६१ मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने तयारी गरेका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको छ ।
ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले सबैभन्दा ठूलो ५० मेगावाट क्षमताको मानुङ्गाडाँडा सोलार प्लान्टलाई तनहुँमा सर्वेक्षणको अनुमति दिएको छ । सौर्य प्रणाली जडानमा निजी क्षेत्रसँगै नेपाल विद्युत् प्राधिकरणले पनि सर्वेक्षणको अनुमति पाएको छ ।
नुवाकोटको चारघरेमा क्रमशः आठ÷आठ मेगावाट क्षमताका दुईवटा प्रणाली र विदुरमा ३.५ मेगावाट क्षमताको प्रणाली जडान गर्ने कार्यका लागि सर्वेक्षणको अनुमति दिइएको छ ।