मेलम्चीको पाइप बिच्छ्याउने क्रममा पुरिएर तीनजनाको मृत्यु

जेठ ३१, काठमाडौँ। काठमाडौंको सितापाइलामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा पुरिएर तीनजना मजदुरको ज्यान गएको छ । आज बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पर्ने क्रममा ढिस्को खसेर पुरिएपछि तीनजना मजदुरको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी कोमल शाहले जानकारी दिनुभयो । ज्यान जानेमा पर्वतका शेरबहादुर केसी,  सप्तरीका श्यामसुन्दर राम र सप्तरीकै सन्तोष दास छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको डिएसपी शाहले जानकारी दिनुभयो ।