गलत प्रचार भयो ः गृहमन्त्री

जेठ ३०, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गर्नुभएको छ । आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको भन्दै आएको समाचार र प्रचारमा कुनै सत्यता नरहेको गृहमन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले आफूले गृह मन्त्रालय सम्हालेको एकाध दिन मात्रै भएको र सबै विषयमा जानकारी नै नलिएको अवस्थामा गरिएको प्रचार सत्य र यथार्थ नभएको बताउनु भएको छ ।