सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

जेठ २९ । सोलुखुम्बुमा पर्ने सोलुखोला दुधकोसी जलविद्युत आयोजनाको निर्माणको कामको जिम्मा एक इटालियन कम्पनीले लिएको छ । ८६ मेगावाट क्षमताको आयोजना इलालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनाले निर्माण गर्ने ठेक्का सम्झौता भएको हो । आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेड र यो कम्पनीबिच आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि ६ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा आयोजनास्थलको भ्रमणपछि निर्माण कार्य सुरु हुनेछ । काम सुरु गरेको चार बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको प्रबन्ध निर्देशक पाटकले बताउनु्भयो । आयोजना निर्माणका लागि ११ बैंकले आठ अर्ब ६५ अर्ब लगानी सम्झौता गरिसकेका छन् । आयोजनाको लागत ११ अर्ब ८६ करोड रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ । आयोजना सोलुखुम्बुको तिङ्ला, कागेल र पञ्चन क्षेत्रमा पर्छ ।