सांसदहरूको आवास सुविधा रोक्का , आफैंले बनाएको कानुन मान्दैनन् सांसद

जेठ २८, काठमाडौं – संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ। संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो। यो खबर ईश्वरी सुवेदीले आजको नागरिक दैनिकमा लेखेका छन्।

संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ। उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएकाले लेखा शाखाले यस्तो कदम चालेको हो।