यी हुन् उपत्यकाका ब्ल्याक स्पट

 

जेठ २३, काठमाडौं – ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा बढी दुर्घटना हुने क्षेलाई ब्ल्याक स्पट घोषणा गरेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

यो सूचीमा कालिमाटी-कलंकी खण्ड, महाराजगन्ज-बसुन्धरा खण्ड, चप्पलकारखाना अगाडि, गोपिकृष्ण चाबहिल खण्ड, सुकेधारा धुम्बाराही खण्ड, त्रिभुवन विमानस्थलको कार्गो अगाडि, तिलगंगा अगाडि, बाफल हलचोक खण्ड, बबरमहल- माइतीघर खण्ड, माछापोखरी क्षेत्र, गुर्जुधारा ओरालो, त्रिभुवन पार्क अगाडि, कोटेश्वर-मुनिभैरव क्षेत्र, गैरीगाउँ, ढुंगेअड्डा-नैकाप क्षेत्र, बौद्ध-जोरपाटी ओरालो, साँखुको नाङ्लेभीर-लप्सीफेदी खण्ड, बुढानिलकण्डको चपली घुम्ती, धोबिघाट, हात्तिबन, सल्लाघारीको एसओएस जाने बाटो र मनोहरा पुल- लोकन्थली।