दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय

जेठ, १५ काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ गते तोकिएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको छ ।
सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउनका लागि दोस्रो चरणको चुनाव ९ दिन सार्ने निर्णय गरेको हो ।यसै गरि  स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दर्ता सम्बन्धी ब्यवस्थामा संशोधनको प्रकृया पनि सरकारले अघि बढाएको छ ।
प्रमुख दलहरुका शीर्ष नेताहरुको सोमवार वसेको बैठकले राष्ट्रिय जनता पार्र्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने सक्ने समझदारी भएको थियो । सोही वमोजिम प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन । अव उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ ।