सरकारले गणतन्त्र दिवसको अवसरमा ७ सय ५९ कैदीलाई कैद माफ गरी रिहा गर्ने

 

जेठ १५ , काठमाडौं – सरकारले गणतन्त्र दिवसको अवसरमा ७ सय ५९ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले जेलमा राम्रो व्यवहार गरेको र आचरण सुधार भएका ७ सय ५९ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गणतन्त्र दिवस र दशैंको अवसरमा सरकारले आचरण सुधार भएका कैदी बैन्दीहरुलाई उनीहरुको कैद माफ गरी रिहा गर्ने गरेको छ ।