पोखरा महानगरमा मेयर र उप–मेयरमा एमाले विजयी

जेठ १२, काठमाडौं – पोखरा लेखनाथ महानगरमा एमालेका मानबहादुर जिसी भारी मतान्तरले विजयी भएका छन ।  जिसीले नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मत पछि पारे ।  ६० हजार १ सय १८ मत जिसीले प्रप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४१६ मत पाएका छन ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई झण्डै ११ हजार २२५ मतान्तरले पराजित गरिन । मञ्जुले ५४ हजार १०० मत पाइन भने सरस्वतीले  ४२ हजार ८ सय ७५ मत पाएकी छन ।
कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।
पोखरा लेखनाथ महानगरपालिकाका ३३ बडा मध्ये २२ बडा अध्यक्ष नेकपा एमाले र ११ बडा अध्यक्ष नेपाली काङ्ग्रेस बिजयी भएका छन।