कालिकोटको नरहरिनाथमा एमाले विजयी

 

जेठ १०, कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा एमालेका धीरबहादुर विष्ट विजयी भएका छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार विष्टले २४६० मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका मीनबहादुर बोगटीलाई हराएका हुन्।
यस्तै उपाध्यक्षमा एमाओवादीकी मनशोभा बुढा विजयी भइन्। उनले २२४९ मत पाएकी थिइन्। नेपाली कांग्रेसकी सुशीला शाही बुढासँग ६ मतले पारजित भइन्। योसँगै नेकपा एमालेले आफ्नो विजयी संख्या २० पुर्‍याएको छ। नेपाली कांग्रेसले १०५ स्थानमा जितेको छ।