पोखरा महानगरको मत गणना शुरु हुन सकेन

जेठ ७  पोखरा – फर्जि मत भेटिएको भन्दै स्थगित पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन  । कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले वडा नम्बर १७ मा फर्जी मत भेटिएको भन्दै बहिस्कार गरेपछि मतगणना स्थगित भएको थियो ।

आइतबार सर्वदलीय – सर्वपक्षीय बैठक बोलाइ मत गणना पुन शुरु गर्ने प्रयासमा  गरिए पनि  बिना निश्कर्ष टुंगिएको थियो ।

छलफलमा एमालेले मत गणना तत्काल शुरु गर्न माग गरेको थियो । विवादित वडा बाहेक अन्यमा मतगणना जारी राख्नुपर्ने र विवादित वडामा भने स्थलगत अवलोकन गरेर सत्यतथ्य पत्ता लगाएपछि निर्णय गर्ने उसको धाराणा थियो ।
एमालेको प्रस्तावमा निर्वाचन कार्यालयले सहमति जनाउँदै अन्य दललाई सहयोगको लागि आग्रह गरेको थियो । तर, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी, नयाँशक्ति लगायतका दलहरुले फर्जी मतको बारेमा टुंगो लगाएपछि मात्रै मत गणना गर्नुपर्ने धारणा राखेका छन ।