एमालेको अग्रता कायमै, कांग्रेस पछ्याउँदै, कसको कति सिट ?

 

जेठ ७ , काठमाडौं – पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
मतगणनाको प्रारम्भमा देखिएको काँग्रेस र एमालेबीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा वढी स्थानमा जित्ने देखिएको छ ।

अहिलेसम्म घोषित २ सय ६४ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय ११ स्थानमा जित हासिल गरेको छ ।

यसैगरी नेपाली काँंग्रेसले १ सय स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जित दर्ता गरेको छ ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जीत हात पारेका छन् । त्यसैगरी ती।न वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ३९ स्थान र गाउँपालिकाको ७२ स्थान जितेको छ ।

नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७२ स्थान जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।

पछिल्लो परिणामअनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमाले कै जुना बस्नेत विजयी भएका छन् ।

थापाले १२ हजार ८ हजार ८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत ल्याएर विजयी भएका हुन् ।

थापाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १ सय ६५ र उपप्रमुखमा कांग्रेसकै कल्पना राजथलाले ८ हजार ९ सय २ मात्र मत प्राप्त गरे ।

काभ्रेको धुलिखेल नगरपालिका प्रमुखमा एमालेका अशोक बेञ्जु र उपप्रमुखमा एमालेकै विमला शर्मा निर्वाचित भएका छन् ।

उता, चितवनको कालिका नगरपालिका प्रमुखमा एमालेका खुमनारायण श्रेष्ठ विजयी भएका छन् ।

यता, काठमाडौंको तारकेश्वर नगरपालिका प्रमुखमा पनि एमालेका रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल धिताल विजयी भएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा एमालेका राजेन्द्ररमण खनाल विजयी भएका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्रका कविता ढुंगाना विजयी भएका छन् ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसका देवकुमार सुवेदी विजयी भएका छन् । सल्यानको शारदा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् ।

चितवनको राप्ती नगरपालिकाको मेयरमा नेकपा एमालेकी प्रभा बराल विजयी भएकी छन् । काभ्रेको नमोबुद्ध नगरपालिकाको मेयरमा नेकपा एमालेका टिपी शर्मा विजयी भएका छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका भूपेन्द्र श्रेष्ठ विजयी भएका छन् भने नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका तेजबहादुर लामा विजयी भएका छन् ।