कांग्रेस – माओबादी तालमेल

वैशाख २१, काठमाडौँ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तिन महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको छ । काठमान्डौ चितवनको भरतपुर र पोखराको लेखनाथ महानगरपालीकामा चुनावी तालमेल गर्ने सहमति भएको हो । आज भएको सहमतिअनुसार माओवादी केन्द्रले काठमाडौंमा  कागे्रसका मेयर राजुराज जोशी  र पोखराको मेयरमा रामजी कुवर लाई सघाउने छ भने कांग्रेसले भरतपुरमा माओवादी मेयरका उम्मेदवार रेणु दाहाललाई सघाउने छ । यसवापत कांग्रेसले भरतपुरमा उपमेयर पाउनेछ । रेणु प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुनुहुन्छ ।