प्रधानन्यायधिश कार्कीविरुद्ध महाअभियो प्रस्ताव दर्ता

वैशाख १७, काठमाडौँ । प्रधान न्यायाधीश सुशीला कार्काीविरुद्ध सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओबादीले महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका छन् । दुइ सत्ता साझेदार दलहरुका २४९ सांसदहरुले संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावको प्रस्तावकमा नेपाली कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत हुनुहुन्छ । यस्तै समर्थकमा दुवै पार्टीका २४९ सांसदहरु सदस्य छन् ।
संवैधानिक प्रावधानअनुसार कम्तिमा एक चौथाई सांसदको सङ्ख्या र्पुयाएर संसदमा महाअभियोग प्रस्ताव दर्ता हुन्छ ।
म्हाअभियोग प्रस्ताव दर्ता भएसँगै कार्की प्रधानन्यायधिश पदबाट निलम्बनमा पर्नुभएको छ ।
संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको प्रक्रिया प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ ।