एमालेलाई मनाउन कांग्रेसले अधिकतम प्रयास गर्ने

वैशाख १७, काठमाडौँ । नेपाली काँग्रेसले संबिधान संशोधन प्रस्तावमा एमालेको समर्थन जुटाउन अधिकतम प्रयास गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसद दलको बैठकले एमालेलाई सहमतीमा ल्याएर संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतीमा ल्याएर संबिधान संशोधन गर्नु उत्तम विकल्प हुने निश्कर्ष निकाल्दै यसका लागि अधिकतम प्रयास गर्ने निर्णय भएको नेता एवम् रक्षा मन्त्री बालकृष्ण खाँडले जानकारी दिनुभयो । संसदमा संबिधान संशाधोधन प्रस्तावमाथि बहुमत नपुग्ने भएपछि कांग्रेसले एमालेसामु लचक हुने संकेत देखाएको हो ।
एमाले भने सरकारले संसदमा पेश गरेको संशोधन प्रस्ताव पारित हुन नदिने रणनीतिमा लागेको छ ।
यसैबिच कांग्रेसले भोली विहानसम्म स्थानीय तहका सबै उम्मेद्वारको टुंगो लगाउने भएको छ । नेता खाँडले पार्टीका शीर्ष नेताहरुबीच कतिपय स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।