वैशाख १७ ,काठमाडौं – इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ। यो खबर आजको कारोबारमा लक्ष्मी सापकोटाले लेखेका छन्।
नेपाल आयल निगमले इन्धन ढुवानी गर्दा बाटोमा हुने चोरी चुहावट रोक्नका लागि ट्यांकरमा अनिवार्य रूपमा लकिङ प्रणाली लागू गर्न लागेको हो। पछिल्लो समय ट्यांकरबाट इन्धन हराउने गरेको फेला परेपछि निगमले केही कडाइ गर्दै लकिङ प्रणाली लागू गर्न लागेको हो।