‘जाम जोन’ बन्दै जगाती

वैशाख १७ ,भक्तपुर – अरनिको रजामार्ग अन्तर्गत भक्तपुरको जगाती क्षेत्र जाम जोन बनेको छ। जिल्ला भरमा सबैभन्दा बढी जाम हुने क्षेत्रका रूपमा यो ठाउँ परिचित हुन थालेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

राजमार्ग अन्तर्गत सूर्यबिनायकदेखि जगातीसम्म एक किलोमिटर खण्डमा दैनिक जाम हुने गरेको हो। विशेष गरेर बिहान र बेलुका यो ठाउँमा अत्याधिक जाम हुने गरेको छ। काठमाडौंको कोटेश्वरदेखि-सूर्यबिनायकसम्मको सडक ६ लेनको छ। त्यही कारण सूर्यबिनायकसम्म जाम हुँदन।
सूर्यबिनायकबाट पूर्व जाने सवारीको चाप उत्तिकै भएपनि सडक ६ लेनबाट २ लेनमा झरेपछि यो ठाउँमा अत्याधिक जाम हुने गरेको हो।