ओलीलाई भेट्न कांग्रेस सभापति देउवा ओली निवास बालकोट पुगे

 

वैशाख १६,काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटोलालगायत नेतासँगै देउवा बालकोट पुगेका हुन् ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न देउवा पार्टीका नेताहरुसहित बालकोट पुगेको बताइएको छ । छलफलमा एमालेका तर्फबाट भने पार्टी अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी छन् ।
संविधान संशोधनको विषय पेचिलो बनिरहेका बेला दुई पार्टीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।