ओलीले भने ‘तेरा ये हिम्मत ?’

वैशाख १३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दहालले आफुलाई झुक्याउने प्रयास गरेको आरोप लगाउनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा उहाले आफूहरुलाई झुक्याउने प्रयास नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी पनि दिनुभयो ।
स्थानीय तहको संख्या बढाउने तयारीबारे सोध्दा हल्लाको पछि नलाग्नुस् भनेको तर, ११ जिल्लामा स्थानीय तहको संख्या बढाउनका लागि पत्राचार गरेको पाइएको भन्दै उनले बेइमानी नगर्न चेतावनी दिनुभयो ।
‘प्रधानमन्त्रीसँग सोध्दा यो हुँदै होइन, चुनाव अगाडि कहाँ यो संख्या थप्ने घटाउने हुन्छ ? यस्ता हल्ला पनि सुन्ने तपाईहरु ? भन्नु भो,’ ओलीले भन्नुभयोे, ‘हिजो हेरेको त एलडीओहरुलाई लिखित निर्देशन दिनु भएको छ । कतिसारो बेइमानी ।’
ओलीले भन्नुभयो , भोकभोकै निर्वाचनमा बस्ने, काँचो चना खाएर आन्दोलनलाई अघि बढाउने पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीको पार्टी यति मजबुत हुँदाहुँदै, हिन्दीमा भन्ने हो भने तेरा ये हिम्मत ?’
सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले चुनाव देखाएर राष्ट्रमाथि नै खेलबाड गर्न खोजिएको आरोप लगाउनुभयो ।