मधेशी मोर्चा निर्वाचनमा आउनेमा एमालेको शंका

वैशाख ११ काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले मधेसी मोर्चा चुनावमा आउने ग्यारेन्टी र बजेटअघि नै दोस्रो चरणको निर्वाचन गराउने अवस्थामा मात्र दुई चरणको चुनाव गर्न सकिने सर्त अघि सारेको छ । साथै उसले संविधान संशोधन विधेयक ल्याए संसदको प्रक्रिया अवरुद्ध नगर्ने तर, बिधेयक असफल पार्ने निर्णय पनि गरेको छ ।
एमालेको आज बसेको स्थायी कमिटीको बैठकले मधेसी मोर्चालाई देखाएर सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको आरोप लगाएको छ । मधेसी मोर्चाले दोस्रो चरणमा पनि चुनावमा भाग लिने ग्यारेन्टी नगरेको बैठकपछि एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । उनीहरुले संविधान संशोधन गरेमात्र चुनावमा आउने भनेकाले अनेक बहाना बनाएर चुनाव टार्ने खेल शुरु भएको एमालेको ठहर छ ।
मधेसी मोर्चा चुनावमा भाग लिने ग्यारेन्टी र बजेट अगाडि दोस्रो चरणको चुनाव गर्ने भए लचिलो हुने एमालेको निर्णय छ ।