संविधान संशोधन परिमार्जनका लागि मन्त्रिपरिषद बैठक बस्दै

 

वैशाख १०, काठमाडौं – मधेसी मोर्चासँग शनिवार साँझ भएको सहमति अनुसार संविधान संशोन प्रस्ताव परिमार्जनबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

क्याबिनेट बैठक आइतबार बिहान ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले अनलाइनखबरलाई जानकारी दियो ।
शनिबार सत्तापक्षका दलहरु र मधेसी मोर्चावीच भएको छलफलले संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने र स्थानीय तहको चुनाब दुई चरणका गर्ने सहमति गरेको छ ।

सरकारले तीनवटा प्रदेशको चुनाव बैशाख ३१ गते गर्ने र बाँकी चार प्रदेशको जेठ ३१ गते गर्ने मधेसी मोर्चासँग सहमति गरेको छ ।

यता मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव वपरिमार्जन गरिए त्यसलाई मान्ने र निर्वाचनमा सहभागी हुने सहमति जनाएको छ ।

शनिबार भएको सहमतिलाई बैधानिकता दिनका लागि आइतबार मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

निर्वाचन आयोगसँग छलफल

यसैवीच मधेसी मोर्चासँग भएको सहमतिको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुलाई छलफलका लागि बोलाएका छन् ।

आइतबार बिहान १० बजे निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्रीवीच छलफलको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनायो ।

सरकारले दुई चरणको चुनावको मिति औपचारिकरुपमा घोषणा गर्न लागेकाले आयोगका पदाधिकारीसँग छलफल गर्न लागिएको हो ।

सरकार र आयोगका पदाधिकारीवीच दोस्रो चरणकको चुनावका साथै बैशाख १६ गतेको मनोनयन दर्ता गर्ने कार्यतालिकालाई तीन दिन पछि सार्ने विषयमा समेत छलफल हुने स्रोतले अनललाइनखबरलाई बतायो ।

प्रधानमन्त्रीसँग छलफल गर्नुपूर्व आइतबार बिहानै निर्वाचन आयोगका पदाधिकारीहरु आन्तरिक बैठकमा जुटेका छन् ।