वैशाख ८,काठमाडौ – काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ। तीन वषैदेखि सञ्चालनमा आउन नसकेको रात्री बस पुनः सञ्चालन गर्न महानगरले गृहकार्य गरेको खबर आजको अन्नपूर्ण पेस्टमा छापिएको छ ।
तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए । २०७० जेठबाट रात्रिबस काठमाडौंमा देखिएका छैनन्।