निर्वाचन आयोगले तोक्यो मतदान स्थल

बैशाख ६, काठमाण्डौँ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर गरी १० हजार ६४० मतदान स्थल हुने भएको छ । निर्वाचन आयोगले आज मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो । आयोगले मतदान केन्द्र भने १८ हजार ५ सय ७२ निर्धारण गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । एक मतदान स्थानमा एक भन्दा बढी केन्द्र पनि हुन्छन् । आयोगको कार्यतालिका अनुसार चैत २० मा नै मतदान केन्द्रहरु निर्धारण भइसक्नु पर्ने थियो । तर, मधेस केन्द्रित दलहरुको अवरोधका कारण प्रदेश नम्बर २ बाट सिफासिर आउन ढिलाई भएका कारण आज मात्र निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।