नयाँ संबिधान संशोधनको समर्थनमा राप्रपा

चैत ३०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीलेसंसदमा दर्ता भएको संविधान संशोधनको नयाँ प्रस्तावलाई समर्थन गर्ने भएको छ । राप्रपा केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा पार्टीको फरक मत भएपनि असन्तुष्ट दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागी गराउन चालिएको सरकारी प्रस्ताव समर्थन गर्ने निर्णय भएको हो ।
त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्न तयारी तथा केन्द्रको स्वीकृतिमा अन्य राजनीतिक दलहरुसँगको तालमेलका लागि स्थानीय स्तरलाई अधिकार प्रत्यायोजनसमेत गरेको बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ।