सिमेन्टको बढेको मूल्य घट्ने

चैत २८, काठमाडौं – केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन् । आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएका हुन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

नेपाल सिमेन्ट उत्पादक संघका प्र्रतिनिधिसँगको छलफमा उद्योगमन्त्रीले पूननिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा कम मुनाफा लिएर नागरिकलाई सहयोग गर्न आग्रह गरेपछि मूल्यमा पूनर्विचार गर्न तयार भएको मन्त्रालयले जनाएको छ ।