प्रधानमन्त्रीले भने- कमल थापा नै दोस्रो वरीयतामा

 

चैत २५,काठमाडौं – माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति गरिएको र सोहीअनुसार गठबन्धन विस्तार भएको प्रचण्डले पार्टीमा जानकारी गराएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
‘देउवाजीसँगको सहमतिमा कमल थापालाई दोस्रो वरीयता दिने गरी सरकारमा ल्याइएकाले प्रधानमन्त्रीले थापालाई नै दोस्रो वरीयता दिनुभएको भन्ने स्पष्ट भयो,’ बैठकमा सहभागी नेता हरिबोल गजुरेलले भने ।