देशभर जम्मा १० हजार बेरोजगार!

 

चैत २४,काठमाडौँ – हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन्। तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन्। यो आँकडा आर्थिक वर्ष ०७३/७४ को फागुन मसान्तसम्मको मात्रै हो।
विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ। जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ।