देउवामाथि मुद्धाको सुनुवाई स¥यो

 

चैत २२, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा विरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामाथि मंगलबारका लागि तोकिएको सुनुवाई स्थगित भएको छ । मुद्दाको आजको सुनुवाई स्थगित सूचीमा आएको छ र आगामी बिहीबारका लागि पेशी तोकिएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिबारे सर्वोच्च अदालतको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो ।

कांग्रेसको निर्णयले अदालतको सामाजिक प्रतिस्ठामा आँच आएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस र देउवाविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर गर्नुभएको थियो । अवहेलना ठहरेमा १ वर्षसम्म कैद, १ लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ ।