ठूला दलले कहिले छान्छन् उम्मेदवार ? यस्तो छ तयारी

एमालेले बैशाख १२ भित्रै उम्मेदवार टुङगो लगाउने
चैत २२ , काठमाडौं – स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरु यसमा केन्द्रित हुन थालेका छन् । आजको नयाँ पत्रिका दैनिकले दलहरुको उम्मेदवार छनोट तयारीबारे खबर लेखेको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार, कांग्रेसले वैशाख ७ भित्र स्थानीय तहका उम्मेदवार छनोट गरिसक्ने भएको छ । तल्लो तहबाटै उम्मेदवार टुंगो लगाउने नीति कांग्रेसको छ । तलबाट सिफारिस भएर आएका नाम क्षेत्र र जिल्लाले अनुमोदन गरेर केन्द्रमा पठाउने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

एमालेले स्थानीय तहमा टिकट पाउने उम्मेदवारले प्रदेश र संघीय संसद्को चुनावमा उठ्न नपाउने निर्णय गरेको छ । स्थायी समितिको सोमबारको बैठकले १२ वैशाखभित्र सबै उम्मेदवारको सूची सार्वजनिक गर्ने गरी छनजोट प्रक्रिया अघि बढाउने भएको छ ।

माओवादी केन्द्रले वैशाख पहिलो साताभित्रै गाउँ, नगरका सबै उम्मेदवारको टुंगो लगाउने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।