विराट कोहलीलाई भारतको चौथो ठूलो सम्मान

चैत १८,काठमाडौं – टेस्ट कप्तान विराट कोहली भारतको चौथो ठूलो सम्मान पद्म श्रीबाट विहिबार सम्मानित भएका छन्। खेलबाट देशलाई चिनाउन योगदान गरेबापत उनलाई सरकारले पहिले नै सम्मान गर्ने घोषणा गरेको थियो।

विहिबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले पुरस्कार ग्रहण गरे। उनलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हातबाट पुरस्कार ग्रहण गरेका थिए। पद्म श्री अवार्डबाट पुरस्कृत भएपछि विराटले आफ्नो ट्विटरमा यस क्षणलाई अविस्मरणीय भनेका छन्। उनले भगवानको कृपा भन्दै राष्ट्रपतिको हातबाट यति ठूलो पुरस्कार ग्रहण गर्नु आफ्नो जीवनको अविस्मरणीय क्षण भएको बताएका छन्।

महेन्द्रसिंह धोनीबाट कप्तान लिए पछि विराटले भारतीय टेस्ट टोलीलाई नम्बर १ स्थानमा पुर्याएका थिए। उनको गत वर्षको कीर्तिमान उत्कृष्ट थियो। उनीसँगै भारतका ८ अन्य खेलका खेलाडी पनि पद्म श्रीबाट सम्मानित भएका थिए।