मोडल दिनेश जंगको प्रेम रोमान्स हेर्नुहोस् भिडियोमा

काठमाडौँ – गायक स्वरुपराज आचार्यले आफ्नो प्रेममा बिवशताका विषयमा बोलेका छन् । दिपेन्द्र नेपालको शब्द शृजनामा तयार भएको गीतमा स्वरुपको आवाज सलल बगेको छ । मलाई बिर्सेर बोलको गीतमा अशोक थापाले संगीत भरेका छन् । ज्ञानेन्द्र कोइरालाले निर्देशन गरेको भिडियोमा दिनेश जंग, मिना र शंकरले कलात्मक अभिनय गरेका छन् । सागर पौडेलको छायांकन रहेको भिडियोको सम्पादन सुरेश राउतले गरेका हुन् । भिडियोलाई सर्वज्ञान म्यूजिकले बजार ब्यबस्थापन गरेको छ ।