आईजिपी प्रकरण पूर्ण इजालसमा सुनुवाई हुने

चैत ३, काठमाडौं । जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्ती गर्ने सरकारको निर्णयमाथि परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजालसले बिहीबार रिटलाई पूर्ण इजासलमा सुनुवाई गर्ने निर्णय गरेको हो ।
विषयवस्तुको गाम्भीर्यतालाई हेरेर पूर्ण इजालसले टुंगो लगाउने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताउनुभयो ।
सर्वोच्चले गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयमा रहेको डिआईजीहरुको कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र अदालतमा बुझाउन पनि आदेश दिएको छ । उसले तीनवटै निकायसँग एउटै कागजात माग गरेको हो। रिटमाथि अब चैत ६ गते पूर्ण इजालास सुनुवाइ हुनेछ ।
सरकारले फागुन १ गते प्रहरी डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्ति गरेको थियो। त्यही दिन प्रधान न्यायाधीश सुशीला कार्कीको इजासले उनको नियुक्ति तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी सरकारका नाउँमा अन्तरिम आदेश दिएको थियो।