एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै भन्यो ‘कर तिर्दैनौं’

फागुन २९, काठमाडौं – एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै नेपाल सरकारलाई कर नतिर्ने बताएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।नेपाल सरकारले आफूसँग पुँजीगत लाभकर माग्ने कानुनी आधार नभएको भन्दै टेलियासोनेराले कर नतिर्ने दोहोर्‍याएको हो।

मन्त्रिपरिषदको बिहिबारको बैठकले एनसेल कारोबारमा पुँजीगत लाभकर बिक्रेताले नै तिर्नुपर्ने निर्णय गरेपछि त्यसको जवाफमा टेलियासोनेराका प्रतिनिधिले आफूले कर नतिर्ने प्रतिक्रिया दिएका हुन्।