ठूलो कम्मरले प्रोस्टेट क्यान्सरको जोखिम

 

बीबीसी– ठूलो कम्मर भएका मानिस प्रोस्टेट क्यान्सरको उच्च जोखिममा रहने गरेको एक नया अध्ययनले देखाएको छ । युनिर्भसिटी अफ अक्सफोर्डले युरोपेली मुलुकका १ लाख ४० हजार मानिसमा गरेको एक अध्ययनमा चार इन्च (१० सेमी) ठूलो कम्मरको परिधि भएका मानिसमा यो क्यान्सरको खतर १३ प्रतिशतले बढी हुन्छ । त्यस्तै ३७ इन्च (९४सेमी) भन्दा ठूलो कम्मर हुने पुरुषमा प्रोटेस्ट क्यान्सरको उच्च खतरा भएको पनि अध्ययनमा उल्लेख छ । प्रोटेस्ट क्यान्सर आम पुरुषमा देखिने एउटा साझा क्यान्सर हो ।

स्वीडेनको गोथेनवर्गमा आयोजित मोटोपन सम्बन्धि युरोपेली सम्मेलनमा प्रस्तुत गरिएको सो अध्ययनमा ५० वर्षका मानिसको शरिरको कम्मर र क्यान्सरको खतरबीचको सम्बन्धमा केन्द्रीत गरिएको थियो । सो उमेरमा पुग्दा सहभागीमध्ये ७ हजार जनामा प्रोस्टेट क्यान्सर देखिएको थियो । ती मध्ये ९३४ जनामा देखिएको प्रोटेस्ट क्यान्सर घातक थियो ।

अनुसन्धानकर्ताले उच्च बोडी मास इन्डेक्स (बीएमआई) र कम्मरको परिधि धेरै हुने मानिसमा उच्च मात्रामा प्रोस्टेट क्यान्सर भएको पत्ता लगाएका थिए ।

उदाहरणका लागि ३७ इन्च (९४ सेन्टिमिटर) कम्मरको आकार हुने मानिसमा ३३ इन्च कम्मर हुनेको तुलनामा प्रोटेस्ट क्यान्सरको १३ प्रतिशत उच्च खतरा रहेको थियो । बीएमआई र कम्मरको परिधी बढी हुने मानिस प्रोस्टेट क्यान्सरको उच्च खतराबाट मर्ने गरेको पनि वैज्ञानिकहरुले बताए ।

९४ सेमी कम्मर हुने पुरुष र ८० सेमी कम्मर हुने महिला स्वास्थ्यका दृष्टिले उच्च जोखिममा रहेको अध्ययनको निस्कर्ष छ ।

बेलायतमा प्रोस्टेट क्यान्सर बारे केही तत्थ

बेलायतमा हरेक बर्ष झन्डै ४७ हजार मानिस प्रोटेस्ट क्यान्सरको उपचार

हरेक वर्ष बेलायतमा १० हजार ८ सय मानिसको यस क्यान्सरबाट मृत्यु

हरेक ८ मध्ये एक जनालाई प्रोस्टेट क्यान्सर

३ लाख ३० हजार बेलायती प्रोस्टेट क्यान्सरबाट पीडित