त्रिकोणत्मक प्रेम कथामा आधारित गल्ती बोलको गीतको भिडियोको सर्वत्र चर्चा

 काठमाडौँ – गायक निरज सिलवालको नयाँ गीत गल्तीको भिडियो सार्वजनिक गरिएको छ । गायक स्वयमकै शब्द संगीत रहेको गीतको भिडियोमा उनलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् । देबेन्द्र नेवालेएरेनज गरेको गीतको भिडियोमा सञ्जय, रोशना, आस्था र रेशमको अभिनय रहेको छ ।

जसको छायांकन बिनोद केसीले गरेका छन् । रेशम श्रेष्ठले सम्पादन गरेको भिडियोको निर्देशन नेत्र जंग पाण्डेले गरेका हुन् । शान्ति पाण्डेको कथामा जसको निर्मात्री हुन् नितु खड्काले भिडियोको निर्माण गरेकी हुन् ।

हेर्नुस् भिडियो