भारतसँगको व्यापारघाटा साढे तीन खर्ब पुग्यो

फागुन १४,काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा भारसँगको व्यापार घाटा ३ खर्ब ४० करोडभन्दा बढी पुगेको छ। कूल ब्यापार घाटाकोको दुईतिहाई घाटा भारतसँग रहेको छ।
यो अवधिमा अन्तर्राष्ट्रिय व्यापारमा ५ खर्ब १४ खर्ब ब्यापार घाटा रहेकोमा भारतसँगमात्र करिब साढे तीन खर्बको घाटा भएको हो।

गएको सात महिनामा नेपालले भारतबाट तीन खर्ब ६४ अर्ब रुपैयाँको सामान किनेको छ भने २४ खर्बकोमात्र वस्तु तथा सेवा बिक्री गरेको छ।

निरन्तर बढ्दै गइरहेको ब्यापार घाटा उत्तरी छिमेकी चीनसँग पनि ७४ अर्ब रहेको छ। यो अवधिमा ७५ अर्बको आयात गरेको नेपालले चीनतर्फ निर्यात भने एक अर्ब रुपैयाँको मात्र गरेको छ।

खुलेका एक सय ५३ देशसँग व्यापार गरिरहेको नेपालको ब्यापार घटा एक सय २१ देशसँग रहेको छ। भने ३२ वटा देशसँगमात्र नाफा रहेको छ।