‘रगून’माथि कपिराइटको मुद्दा

 

 
शाहिद कपुर, कंगना रनवत र सैफअली खान स्टारर फिल्म ‘रंगून’ भोलि शुक्रवारदेखि सार्बजनिक हुने मिति तय भएको छ । तर, रिलिजअघि यो यस्तो लफडामा फसेको छ, जसले भोलिको प्रदर्शनलाई प्रभावित पार्न सक्छ ।
यस फिल्मका केहि दृश्य हुबहु चोरी गरिएको आरोपमा लगाइएको छ । वाडिया मुभी टोन्स नाकको प्रोडक्सन कम्पनीले ‘रगून’माथि कपिराइटको मुद्दा लगाएको हो ।
यस प्रोडक्सन कम्पनीले १९३५ मा ‘हन्टरवाली’ नामको फिल्म बनाएको थियो । यहि फिल्मको केहि सिन बिना अनुमति चोरी गरिएको बताइन्छ । यसको केहि दृश्य र संवाद चोरी गरिएको आरोप छ । साथै ‘हन्टरवाली’को पोस्टर लुक समेत ‘रंगून’मा कपी(पेस्ट गरिएको उक्त प्रोडक्सन कम्पनीको दाबी छ ।
‘रंगून’का निर्देशक विशाल भारद्वजसँग वाडिया मुभी टोनले एक फिल्म बनाउने प्रस्ताव गरेका थिए । त्यही क्रममा उनलाई स्त्रिप्ट पनि दिइएको थियो । पछि भारद्वज र युटिभीले उक्त स्त्रिप्ट रिजेक्ट गरिदिएका थिए ।
यता ‘रंगून’का निर्माणपक्षले भने उक्त आरोप खण्डन गरेको छ । उनीहरुमध्ये को गलतरको सही रु आज फैसला हुने नै छ ।