एन्जेलिनाको आँखामा आँशु

 

 

हलिउडकै सुपरहट जोडी एन्जेलिना जोली र ब्राड पिटविचको वैवाहिक जीवन सकिएको छ । उनीहरुले, केहि महिना अगाडि मात्रै एक अर्काबाट अलग हुने निर्णय गरे ।
यसपछि, मिडियामा ब्राड र एन्जेलिनाको डिभोर्सको बिषयमा विभिन्न खालका खबर सार्वजनिक भए । तर, पहिलो पटक नायिका एन्जेलिना जोलीले मिडियासँग डिभोर्सको बिषयमा कुरा गरेकी छिन् ।
आफ्नो नयाँ चलचित्रको प्रमोशनका लागि बच्चासहित कम्बोडिया पुगेकी हलिउड स्टारले वीवीसीसँग कुरा गर्दै डिभोर्सपछिको अवस्थाको बिषयमा बोलेकी हुन् ।
कुराकानीका क्रममा एन्जेलिना निकै भावूक देखिएकी थिइन् ।
उनका आँखाबाट आँशु झरे । एन्जेलिनाले भनिन्(‘म यो बिषयमा धेरै बोल्न चाहन्नँ । तर, यो हाम्रा लागि निकै गाह्रो अवस्था हो । हामी एक परिवार थियौं र सधै नै रहिरहनेछौ ।’
उनले अगाडि भनिन्(‘धेरै मानिसले आफूलाई यो अवस्थामा देखेका छन् । मेरो सम्पूर्ण परिवारले अहिले निकै पीडादायिक अवस्था भोगिरहेको छ ।’
उनले आफ्नो फोकस आफ्ना सन्तानमा रहेको बताइन् ।