डाक्टरको सम्पत्ती छानविनः दुई मुछिए, ६ जोगिए

 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेशाको दुरुपयोग गरी सम्पत्ती आर्जन गरेको अभियोगमा दुई डाक्टरमाथि मुद्दा चलाएको छ। दुवै मुद्दा विशेष अदालतमा विचाराधीन छ। आर्थिक वर्ष २०७२÷७३ मा छानविन भएका स्वास्थ्य क्षेत्रका अन्य ६ जनामाथिको अनुसन्धान भने असफल भई तामेलीमा पुगेको छ।
अनुसन्धानका क्रममा ६ जनामाथि लगाइएको आरोप पुष्टि हुन नसकेपछि फाइल बन्द भएको हो। तर, २०७२र७३ मा डा। भक्तमान श्रेष्ठ र डा। केशवराज भुर्तेलले गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको अनुसन्धनबाट खुलेपछि उनीहरुका श्रीमतीहरुलाई समेत अख्तियारले मुद्दा चलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई अख्तियारका पदाधिकारीले बुझाएको वार्षिक प्रतिवेदनमा उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख छ।
अख्तियारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा। भक्तमान श्रेष्ठमाथि एक करोड ६७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जनको आरोप लगाएको छ। प्रतिवेदन अनुसार अख्तियारले उनकी पत्नी शिलु श्रेष्ठविरुद्ध पनि २०७२ साल फागुन २ गते मुद्दा दायर गरेको हो।
अख्तियारले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। केशवराज भुर्तेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीमाथि दुई करोड ६३ लाख रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको आरोप छ। उनकी पत्नी रुक्मणी भुर्तेलविरुद्ध पनि अख्तियारले २०७२ फागुन ११ गते मुद्दा दायर गरेको हो।
६ जनाले पाए सफाइ
अख्तियारकै छानविनबाट गत वर्ष ६ जनाले गैरकानुनी सम्पत्ती आर्जनको उजुरीमा सफाइ पाएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको कलेज अफ मेडिकल एन्ड एप्लाइड साइन्सेजको शिक्षण सहायक नवीन भट्टराईमाथिको छानविनमा गैरकानुनी सम्पत्ती नभेटिएको अख्तियारले जनाएको छ। उनले १४ लाख ७६ हजार रुपैयाँ आम्दानी गर्दा सात लाख ८३ हजार रुपैयाँ मात्रै खर्च गरेका थिए।
चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० का सहायक डिन डा। रतिन्द्रनाथ श्रेष्ठले पनि गतवर्ष सफाइ पाए। उनले ५२ लाख ६८ हजार रुपैयाँ आम्दानी गर्दा ४९ लाख १४ हजार रुपैयाँ खर्च गरेको भेटिएपछि गत असार २८ गते उनको फाइल बन्द भएको थियो।
एक करोड १४ लाख रुपैयाँ कमाएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का सहायक डिन डा। रेशमबहादुर रानाले एक करोड १२ लाख रुपैयाँ खर्च गरेको भेटियो। त्यसैगरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा। लुमेश्वर आचार्यले पनि एक करोड १२ लाख रुपैयाँ आम्दानी गर्दा सात लाख रुपैयाँ वचत गरेको भेटियो।
न्याम्सकै मेडिकल रेकर्ड अफिसर लक्ष्मण अर्यालको पनि आम्दानीको तुलनामा खर्च निकै न्यून देखाएको प्रतिवेदनमा उल्लेख छ। उनले ४९ लाख ५८ हजार रुपैयाँ आम्दानी गर्दा सात लाख ५० हजार रुपैयाँ खर्च गरेको भेटिएको हो। त्यसैगरी शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा। रामप्रसाद उप्रेतीको फाइल पनि तामेलीमा पुगेको छ। उनले एक करोड एक लाख रुपैयाँ आम्दानी गर्दा ८६ लाख रुपैयाँ खर्च गरेका थिए।