एकाबिहानै भुकम्पको धक्का

फागुन ७,काठमाडौं – धादिङलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्पको कम्पन धादिङ, काठमाडौं, नुवाकोट र गोरखामा महसुस गरिएको थियो ।

आज गएको भूकम्प पनि गोरखा भूकम्पको परकम्प भएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि १४ दिन पनि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको परकम्प गएको थियो ।