संशोधन प्रस्तावमा ओली लचक

फागुन ५,काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् ।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ ।
बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यस्तो संकेत दिएको एक पोलिटब्युरो सदस्यले अन्नपूर्णसँग जानकारी दिए । एमालेले संविधान संशोधन प्रस्ताव पेस हुनै नदिने अडान राख्दै आएको छ ।
संशोधन प्रस्तावमा दुई तिहाइ बहुमत नपुग्ने पक्कापक्की भएपछि एमालेले यसलाई छलफलमा ल्याउन दिने भन्दै लचकता अपनाउन थालेको थियो ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच बुधबार बिहान भएको बैठकमा संविधान कार्यान्वयनका लागि निर्वाचन अत्यावश्यक भएकोमा जोड दिँदै स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकसाथ अघि बढाउन सहमति जनाएका छौं ’ओलीको भनाइ उद्धृत गर्दै स्रोतले अन्नपूर्णसँग भन्यो ।
एमाले र मधेसी मोर्चाबीच केही दिनयता भएका छलफलपछि एमाले मोर्चाका मागमा लचक हुँदै गएको देखिएको छ ।