‘भ्यालेन्टाइन डे’ को अवसार पारेर समीरको ‘माया भगवान हुदो रैछ’ (भिडियो सहित)

फागुन २,काठमाडौं – प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे को अवसार पारेर समीर आचार्य माया भगवान हुदो रैछ बोलको गीत लिएर फेरी दर्शक, श्रोता सामु आएका छन् ।
पछिल्ला वर्षहरुमा नेपाली युबा पीढी माझ पनि निकै महत्त्व राख्ने यस गीतको शब्द पनि स्वंम आचार्य कै हो ।

‘चट्ट सलाम’, ‘हैन भन्देउन’, ‘दुनियाँ बेग्लै छ’, ‘फुटाएर छाती मेरो’, ‘शून्यतामा’ आदि गीतबाट लोक प्रियता पाइसकेका आचार्यको कुम्भ कर्ण फिल्ममा ‘कुटु कुटु यो मुटु’ बोलको गीत समेत समावेश छ । ‘नेपाली संगीत क्षेत्रमा यसै दिनको अवसर पारेर निकै धेरै गीतहरु सार्वजनिक भएका छन् । तर, यस गीतले भने सबै माया गर्नेहरुलाई सम्बोधन गरेको छ ।’ गायक आचार्यले भने, ‘आसा छ । पक्कै पनि यस गीत अन्य भन्दा विशेष हुनेछ ।’

वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द रहेको यस गीतमा चर्चीत संगीतकार शिखर सन्तोषको साथमा माया भगवान हुदो रैछ बोलको गीत लिएर आचार्य दर्शक, श्रोताको सामु आएका छन् । विदेशमा रहेर पनि संगित कर्मलाई आत्मसाथ गरेका आचार्यको यो वर्षमात्र धेरै गीतहरु बजारमा आएका छन् । पछिल्लो गीत ‘चट्ट सलाम छ’ बोलको गीत त झन् असाध्यै लोक प्रिय छ ।

गीतको म्यूजिक भिडियोमा बिबेक सिंह ठकुरी र प्राप्ती गीरीलाई देख्न सकीन्छ भने गीतको छायांकन अमेरीका र अष्ट्रेलीयाका विभन्न ठाउँहरुमा गरीएको छ । प्रसन्न पौडयालले निर्देशन गर्नुभएको यो गीतको भीडीयो आजमात्र सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस..