सुन तस्कर भागाभाग: डरले घरै छाड्न थाले

माघ २९,काठमाडौं -सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

‘पक्राउ परेकाको बयानका आधारमा पाँच जना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहे पनि समाउन सकिएको छैन’, ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने ।
उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिए पनि उनीहरु केही समययता घरमा छैनन्। आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पाँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ।