यी हुन् भारत र चीनसँगको उपलब्धीहरू

माघ २७,काठमाडौं – नेपालको – छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धबारे आजको नयाँ पत्रिका दैनिकमा प्रष्ट्र पारेको छ। हेर्नुहोस् यसरी चल्दैछ विदेश सम्बन्ध।

भारतसँग उपलब्धि
– भारतीय सहुलियत ऋणमा महाकाली पुल तथा सिँचाइ परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) टुंग्याउने सहमति
– तराई रोड दोस्रो तथा अन्य केही परियोजनाका लागि नयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय
– विराटनगर–जोगबनी तथा बर्दिबास–बिजलपुरा–जयनगर गरी दुईवटा सीमापार रेल्वे परियोजना चाँडै सम्पन्न गर्ने सहमति
– तीनवटा अन्य सीमापार रेल्वे परियोजना (नेपालगन्ज–नेपालगन्ज रोड, काँकडभिट्टा–न्यु जलपाइगुडी तथा भैरहवा–नौतनहवा ) चाँडै नै सुरुवात गर्ने सहमति
– हेटौँडा पोलिटेक्निक निर्माण कार्य चाँडै सुरुवात गर्ने सहमति
– पुनर्निर्माणका लागि भारत सरकारले दिएको अनुदान तथा ऋणका परियोजनालाई चाँडै नै टुंग्याइने सहमति
– भारतीय पूर्वाधार तथा सडकका कारण नेपाली सीमावर्ती गाउँ र बजारहरूको डुबानबारे नेपालले चासो राख्दा समस्या देखिएका ठाउँमा संयुक्त निरीक्षण गर्न दुवै पक्ष सहमत
चीनसँग उपलब्धि
– नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको आउटलाइनमा सहमति। नेपालले मस्यौदा प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई राय–सुझाबका लागि पठाउने सहमति। यसबारे वाणिज्य मन्त्रालयसँगको समन्वयमा अन्तिम मस्यौदा तयार हुँदै।
– कार्गो यातायातसम्बन्धी प्रोटोकलमा तिब्बत हुँदै नेपालका उत्तरी जिल्ला जाने नयाँ मार्ग थप गर्नेलगायतका विषयमा छलफल।
– पुनर्निर्माणका लागि चीनले दिने भनेको ३ अर्ब चिनियाँ युआनमध्ये रसुवागढी–स्याफ्रुबेसी सडकको मर्मतसम्भार, निजामती अस्पतालको स्तरोन्नतिलगायतका परियोजनामा खर्च हुने रकम उपलब्ध गराउने समझदारीपत्रमा चीनका लागि नेपाली राजदूत तथा चिनियाँ वाणिज्य मन्त्रालयका पदाधिकारीबीच हस्ताक्षर।
– तिब्बतका राजमार्ग उपयोगसम्बन्धी प्रोटोकलमा चिनियाँ पक्षबाट मस्यौदा प्राप्त भएको र चीनलाई जवाफ पठाउने तयारी। छिट्टै नेपालमा सशोधित प्रोटोकलमा छलफल गरी हस्ताक्षरका लागि नेपालमा बैठक आयोजना गर्ने सहमति।
मुखर्जी आए, सी आएनन्
-साउन १९ मा प्रधानमन्त्री भएलगत्तै प्रचण्डले छिमेकलाई उच्च र समान प्राथमिकता दिएर दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिण पठाए। उपप्रधानमन्त्री विमलेन्द्र निधिले २–७ भदौसम्म भारत भ्रमण गरे। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै शीर्ष नेतासँग भेटवार्ता गरे। नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध सुधारको सुरुवात निधिको भ्रमणले गर्‍यो। फलस्वरूप भदौ ३०–२ असोजसम्म प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमण र १७ कात्तिकदेखि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भयो। त्यस्तै, उपप्रधानमन्त्री कृष्णबहादुर महराले १–४ भदौसम्म चीन भ्रमण गरे। महराले पनि चिनियाँ प्रधानमन्त्री ली खछियाङसहित उच्च अधिकारीसँग भेटवार्ता गरे। निधिको मिसन थियो– प्रधानमन्त्री प्रचण्डको राजकीय भारत यात्रा गराउने। महराको मिसन थियो– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि परिस्थिति मिलाउने। तर, सीको नेपाल भ्रमण अभैm निश्चित भएको छैन। राष्ट्रपति सी नेपाल नआए पनि गोवामा ३० असोजमा आयोजित ब्रिक्स र बिमस्टेकको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्ने अवसर पाए। सीसँगको औपचारिक र भारतीय प्रधानमन्त्री मोदीसमेतको उपस्थितिमा अनौपचारिक छलफलमा नेपाललाई त्रिदेशीय विकासको साझेदार बनाउन आपूmले उल्लेखनीय प्रस्ताव राख्न पाएको प्रधानमन्त्रीको दाबी छ।