गायक तथा संगीतकार तुला पर्वतले गराए साजन आलेलाई गायनमा डेब्यू

काठमाडौँ – वारिमा खोला पारिमा खोला बिचैमा दोभान बोलको गीत मार्फत नव गायक साजन आलेले गायनमा डेब्यु गरेका छन् । छैठौँ बिग आइकनको उपाधि जित्न सफल नव गायक साजन आलेलाई हौसला दिँदै आफ्नो गीतका माध्यमबाट गायक तुला पर्वतले गायनमा डेब्यु गराएका हुन् । जसमा तुला पर्वतको संगीत , ध्रुर्व प्रसाद अमगाईका शब्द समावेश छन् । मोहनराज अधिकारीले भिडियोलाई सुन्दर र सरल तरिकाले निर्देशन गरेका छन् ।

भिडियोमा अहिलेका चर्चित मोडल पुष्प खड्का र श्रीषा कुवरको अनस्क्रिन रोमान्सलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । आफ्नो मायालुलाई हिरा सम्झिएर मुटुमा सजाउदा उसबाट पाएको पिडालाई निकै मार्मिक रुपमा भिडियोमा उतारिएको छ । प्रेमिकालाई मन मुटुमा सजाउदा निष्ठुरी बनेको र आफ्नो प्रेमपूर्ण विगतलाई भुलेको गायकले आरोप लगाएका छन् । भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

हेर्नुस भिडियो