ठूला जलविद्युत आयोजना निर्माणमा ढिलाइ, धकेलिँदै उज्यालो सपना

माघ १५ ,काठमाडौं – नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ ।

नेपालको आर्थिक समाजिक विकासमा कायापलट ल्याउन सक्ने भनी विश्लेषण गरिएका ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र ९/९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना अन्योलपूर्ण देखिएको हो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
करिब दुई दशकदेखि अलपत्र पञ्चेश्वर, झन्डै चार दशकदेखि निर्माण चर्चा चलाइएको अरुण तेस्रो र दशकदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण तहमा लैजान खासगरी नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारत सरकार तत्पर देखिएको थियो ।
तर नाकाबन्दीपछि दुबै देशबीच चिसिएको समबन्धका कारण पञ्चेश्वर डिपीआरमा ढिलाइ भएको छ भने माथिल्लो कर्णाली र अरुण तेस्रोमा जग्गा प्राप्ति तथा लगानी समस्याकै कारण ढिलाइ भइरहेको छ ।